Sep 26, 2023

बढ्यो प्याज, लसुन र गालभेडाको मुल्य, हेर्नुहोस् कुन तरकारीको मुल्य कति ?

Mar 16 , 2020

काठमाडौं – सोमबार काठमाडौं उपत्यकामा लसुन, प्याज लगायत केहि तरकारीको  खुद्रा मूल्य बढेको छ । त्यस्तै आज गालभेडाको मूल्य पनि बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार समीतीका अनुसार आज लसुनको खुद्रा मूल्य बढेर किलोको ३२० रुपैया पुगेको छ । आज भारतीय सुकेको प्याज पनि २० रुपैयाले बढेर किलोको १०० रुपैयामा किनबेच भएाके छ ।

रुपैयाँ आइतबार किलोको २९० रुपैयामा किनबेच भएको लसुनको मूल्य आज बढेर किलोको ३२० रुपैया पुगेको हो । आज ठुलो गोलभेडा किलोको ८०  रुपैयाँ,  सानो गोलभेडा किलोको ६० रुपैयाँ, पुदिना किलोको ३२० रुपैया र रातो आलु किलोको ५० रुपैया रहेको छ ।

त्यसैगरी आज अदुवा किलोको खुद्रा मूल्य २००रुपैया,  भेडे खुर्सानी किलोको १३०, लोकल बन्दा किलोको ४० रुपैयाँ, फर्सी किलोको ७० रुपैयाँ, मेथी र चम्सुरको साग किलोको ४० रुपैयाँ र स्थानीय काउली किलोको ६० रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै भिण्डी किलोको १२० रुपैयाँ, लोकल गाजर किलोको ५० रुपैयाँ, बरेला किलोका ९० , पिंडालू किलोको ७०  र स्कूस किलोको ६० रुपैयामा किनबेच भइरहेको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!