May 25, 2023

चीनमा ह्वात्तै बढ्यो कोरोनाभाइरसबाट मृत्यु र संक्रमित हुनेको संख्या

Feb 13 , 2020

काठमाडौं । महामारीको रुपमा लिएको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने संख्या ह्वात्तै बढेको चिनियाँ अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार बुधबारमात्रै कोरोनाभाइरस संक्रमित २४२ जनाको मृत्यु भएको छ । चीनको हुबेइ प्रान्तमा कोरोनाभाइरस संक्रमित २४२ जनाको बुधवार मृत्यु भएको सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

चीनमा  कोभिड–१९ नाम दिइएको उक्त रोगको प्रकोप फैलिएपछि एकै दिनमा मृत्यु हुने मानिसको यो सर्वाधिक सङ्ख्या हो।नयाँ सङ्क्रमण भएका मानिसको सङ्ख्या पनि ह्वातै बढेको छ। त्यहाँ थप १४ हजार ८४० जनामा उक्त भाइरसको सङ्क्रमण भएको पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ।

यससँगै मृतकहरूको कुल सङ्ख्या १ हजार ३५० र सङ्क्रमण भएका बिरामीको सङ्ख्या झन्डै ६० हजार  पुगेको छ। मंगलवारसम्म नयाँ संक्रमणको संख्या स्थिर भएको देखिएको थियो।

Facebook Notice for EU! You need to login to view and post FB Comments!