यस्तो छ मौसमको ३ दिने अवस्था: फेरि हिमपात र वर्षा

काठमाडौं । मुलुकभर केही दिनदेखि दिउँसोमा मज्जाले घाम लाग्न थालेको छ । तर बिहान र बेलुकी भने चिसो हटेको छैन । घाम पहारिलो तवरले लागे पनि दिउँसोमा समेत तुँवालो देखिइरहेको छ ।
जल तथा मौसम विभागले पश्चिमी वायुको प्रभावले यस्तो भइरहेको जनाएको छ । ‘अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ’ विभागले मौसमको पूर्वानुमानमा उल्लेख गरेको छ । विभागले मौसम अव क्रमिक रुपमा सुध्रिँदै जाने तर केही भू–भागमा छिट्फुट वर्षा र हिमपात हुन सक्ने अनुमान गरेको छ ।
माघ १६ गते बिहीबार
दिउँसो– देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने संभावना छ। देशको थोरै स्थानमा हल्का वर्षाको संभावना छ। उच्च पहाडी तथा हिमाली भू–भाग हल्का हिमपातको संभावना छ। राति–देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू९भागमा आंशिक बदली रहनेछ ।
माघ १७ गते शुक्रबार
दिउँसो– देशको पूर्वी भागमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । राति– देशभर सामान्यतया मौसम सफा रहनेछ।
माघ १८ गते शनिबार
दिउँसो– देशभर आशिंक देखि सामान्य बदलीको अवस्था रहने संभावना छ। देशको थोरै स्थानमा हल्का वर्षाको संभावना छ। उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको संभावना छ। राति–देशभर सामान्यतया मौसम सफा रहनेछ।