होन्डाले नेपाल ल्यायो नयाँ बाइक, यस्तो छ मूल्य र बिशेषता

काठमाडौं । होन्डा मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक स्याकार ट्रेडिङले सिबी १९० आर को बिक्री सुरु गरेको छ । उक्त मोटरसाइकल कम्पीले २०१९ नाडा अटो शोमा प्रर्दशन गरेको थियो । कम्पनीले सिमित संख्यामा भित्र्याएको यो मोटरसाइकल होण्डाको कान्तिपथ शोरुमबाट बिक्री गरिरहेको छ ।
सिबी १९० आरमा १८४.४ सीसी सिगंल सिलिन्डर, एयरकूल्ड, ४स्ट्रोक, एफआई इन्जिन रहेको छ । यो इन्जिनले १५.८ बीएच पावर ८००० आरपीएममा तथा १५.३ एनएम टर्क ७००० आरपीएममा जेनेरेट गर्छ । यसको इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
सिबी १९० आर मोटरसाइकलको लम्वाई १९८२ एमएम, चौडाई ७४४ एमएम, उचाई १०४१ एमएम,सिट हाइट ७७१ एमएम, ह्वीलवेस १३५६ एमएम, ग्राउन्ड क्लियरेन्स १३८ एमएम रहेको छ । यसको कुल तौल भने १४० किलोग्राम रहेको छ ।
यो मोटरसाइकलको अगाडि टेलिस्कोपीक इन्भर्टेड सस्पेन्सन र पछाडि स्वीङआर्म सस्पेन्सन दिइएको छ । यो मोटरसाइकलको दुवै ह्वीलमा डिस्क ब्रेक रहेको छ । एलइडी हेडल्याम्प तथा टेलल्याम्प रहेको यो मोटरसाइकलमा १२ लिटरको फ्युल ट्याङक रहेको छ । यो मोटरसाइकलले ५५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी छ ।

स्याकार ट्रेडिङले मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ तोकेर बिक्री गर्दै आएको जनाएको छ ।