Sep 18, 2023

जहाँ बलात्कारीलाई ढुंगाले हानेर, सुंगुरले टोकाएरसम्म मारिन्छ !

Dec 07 , 2019

एजेन्सी। भारतको हैदराबादमा एक पशु चिकित्सक युवतीलाई  सामूहिक बलात्कारपछि हत्याको विरोधमा पूरा भारत आन्दोलित बन्यो।

यता अघिल्लो वर्ष साउन १० मा कञ्चनपुरकी बालिका निर्मलाको बलात्कारपछि भएको हत्याले सिंगो देश आज पनि स्तब्ध छ। यसखाले  बर्बर र जघन्य अपराध भइरहेका हुन्छन्। 

पछिल्लो समय भारतको तेलंगामा १० महिनाकी शिशुमाथि पनि यस्तै दुष्कर्म भएको घटना प्रकाशमा आएपछि धेरैको रौं जिरिङ्ग बनायो । उक्त घटनाले भारतको संसददेखि देशका विभिन्न भागमा विरोध भयो।

भारतमा लम्बेतान न्याय प्रक्रिया

आम मानिसहरुको माग त यस्तो दुष्कर्म गर्नेलाई तुरुन्त फाँसी दिइनुपर्छ भन्ने छ। जबकि भारतको दिल्लीमा सन २०१२ मा निर्भयामाथि भएको जघन्य अपराधका आरोपीलाई अहिलेसम्म फाँसीको जसाय भएको छैन।

यो मुद्दा भारतीय न्यायालयमा अझै लम्बेतान भइरहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। भारतमा न्याय प्रक्रिया निकै लामो भएको मिडियाले लेख्ने गरेका छन्। त्यस्तै अवस्था नेपालमा पनि छ। तर केही देश यस्ता छन्, जहाँ यसखाले दुष्कर्मको सजाय मृत्यु दिइने गरेको छ। 

भारत र नेपालमा पछिल्लो समय महिलामाथि हुने दुष्कर्मको संख्या बढ्दै गएको छ। तर यस्ता घटनामा संलग्न दोषीलाई सजाय दिन भने निकै समय लाग्ने गरेको बताइन्छ। त्यसले गर्दा आरोपीको साहस झन उच्च हुने गरेको विश्लेषण गरिन थालेको छ।

सजाय दिन र पीडितले न्याय पाउनमा हुने गरेको ढिलाइकै कारण पनि होला भारतीय सांसद जया बच्चनले राज्यसभामा बोलेकी छिन्–‘यस्ता दुष्कर्मका दोषीलाई भीड (जनता)को जिम्मा लगाइदिनुपर्छ। न्यायको माग गर्ने त्यही भीडले दोषीमाथि फैसला गर्नेछ।’

दुष्कर्म अर्थात बलात्कारको मामलामा संसारका केही देश यस्ता छन्, जहाँ दुष्कर्मका दोषीलाई २४ घन्टामा मृत्युको सजाय दिइन्छ। यहाँ त्यस्ता केही देश, जहाँ दुष्कर्म गर्नेलाई कस्तो सजाय दिइन्छ भन्नेबारे प्रस्तुत गरिएको छ : 

चीन सिधैं मृत्युदण्ड

चीन बलात्कार अर्थात दुष्कर्मका विशेष घटनामा सिधैँ मृत्युदण्ड दिने देशमा पर्छ। यहाँ दुष्कर्मको मामलामा कैयौँ व्यक्तिलाई मृत्युदण्ड दिइएको छ। चीनमा यस्तो अपराधको सजाय निकै छिटो दिइन्छ। 

सुंगुरलाई टोकाएर मृत्युको सजाय

पोल्याण्डमा बलात्कारी अर्थात दुष्कर्मीलाई सुंगुरलाई टोकाएर मृत्युदण्ड दिइने गर्छ। यद्यपि हालै पोल्याण्डमा दुष्कर्मका दोषीलाई नपुंसक बनाउने नयाँ कानून निर्माण भएको छ।  

टाउकोमा गोली हानेर हत्या 

उत्तर कोरियामा बलात्कारीलाई कुनै दया, माया गरिँदैन। यहाँ विना सहानुभूति दुष्कर्मीलाई खुलेयाम टाउकोमा गाली हानेर हत्या गर्ने कानून छ।

पुरुषमा महिलाको हर्मोन

इन्डोनेशियामा दुष्कर्म गर्ने वा बलात्कारीलाई फरक सजाय छ। यहाँ बलात्कारका आरोपीलाई नपुंसक बनाइनुका साथै उनीहरुमा महिलाको हर्मोन हाल्ने कानून छ। जसले गर्दा बाचुन्जेल उनीहरु मरेतुल्य हुन्छन्।  

साउदीमा यौनांग काट्नेसम्मको सजाय  

साउदी अरबमा इस्लामिक कानून शरिया लागू छ। यहाँ कुनै पनि अपराधका लागि मृत्युदण्ड दिने प्राबधान छ। यदि कुनै व्यक्ति दुष्कर्मको दोषी सावित भयो भने उसलाई फाँसीमा झुण्ड्याउने, शिर काट्ने र यौनांग काट्नेसम्मको सजाय दिइन्छ।  

हप्तादिनमै फाँसी

संयुक्त अरब इमिरेट्समा कतिपय अपराधका फरक–फरक सजाय दिइन्छ। तर बलात्कारको केशमा सिधैँ मृत्युदण्ड दिइने चलन छ। युएईको कानूनमा यदि कसैले सेक्ससँग जोडिएको अपराध गर्यो भने सात दिनमा फाँसी दिने कानून छ।

ढुंगाले हानेर मार्ने कानून 

इराकमा दुष्कर्मीलाई मृत्यु नै सजाय दिइन्छ। तर यहाँको सजाय दिने तरिका भने निकै डरलाग्दो छ। बलात्कारी प्रमाणित भयो भने त्यो व्यक्तिलाई तबसम्म ढुंगाले हानिन्छ, जबसम्म ऊ मर्दैन। यहाँ बलात्कारीलाई मृत्यु पनि सहज हुँदैन, किनकि ढुंगाले हानेको चोट र यातना उसका लागि मृत्युभन्दा भयंकर हुन्छ।  

अनी नेपालमा ?

सभार

Facebook Notice for EU! You need to login to view and post FB Comments!