पाैडीमा गौरिकालाई अर्को स्वर्ण
Dec 06 , 2019

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् ।
सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन् ।
गौरिकाले २ मिनेट १७.७३ सेकेण्डको समय निकाल्दै स्वर्ण जितेकी हुन् ।
यस स्पर्धामा भारतकी मनु राजिब पटेलले २ मिनेट २०.७१ सेकेण्डको समय निकाल्दै रजत जितिन् ।
श्रीलंकाकी गंगासेनले २ मिनेट २७.२५ सेकेण्डको समय सहित कास्य जितिन् ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!