May 29, 2023

मृत्युपछि मानिस कहाँ जान्छ ?

Jun 26 , 2019

कतिपय देशमा मृत्युपछि मानिस कहाँ जान्छ ? यस बिषयमा रिसर्च भएका छन् । त्यहाँ हजारौ यस्ता संस्मरण रेकर्ड गरिएको छ । जसमा बताइए कि हाम्रो मन निकै अशान्त थियो जसको कारण हामीले आत्महत्या गर्‍यौ र हाम्रो आत्मा शरीरबाट निस्कियो ।

आत्मा निस्किएपछि हामी एक यस्तो स्थानमा पुग्यौ कि जुन निकै डरलाग्दो थियो । त्यहाँ हामीले देख्यौं कि मानिसहरु ठूला यातना भोगि रहेका छन् । त्यो देखेर हामी डरायौ। तब एक झड्का लाग्यो, हाम्रो आत्मा अचानक हाम्रो शरीरमा प्रवेश गर्‍यो ।

हामी फेरी जिवित भयौ । त्यस समय हामीले यो महसुस गर्‍यौ कि हामीले आत्महत्याको जुन प्रयास गर्‍यौ त्यो ठिक थिएन, शरीरसँग अन्याय गर्यौ ।

यस्तै धेरै व्यक्तिहरुको संस्मरण नोट गरियो जो अचानक मरे र फेरी जीवित भए । यस्ता व्यक्तिहरुले भने कि जब हाम्रो मृत्यु भयो हामीले एक यस्तो सुरुङ देख्यौ जसमा रहेको प्रकाश देखेर हामी यती मोहित भयौ कि, हाम्रो यो प्रयास रह्यो कि त्यस प्रकाशमा हामी लिन हुन सकु। यसप्रकार जसले जीवन भित्र ईश्वर सम्बन्धी चर्चा सुने, राम्रो कर्म गरे ती ज्योति भित्र लिन हुन चाहन्थे र यसको विपरित जसले आफ्नो जीवनमा खराब कर्म गरे, जसले न आफ्नो भलाई गरे, न त अरुको भलाई गरे। जो आफ्नो जीवनको अन्त गर्न चाहे यस्ता मानिसको डरलाग्दो संस्मरण थिए यि ।

अर्का एक व्यक्तिको कथा यस्तो छ। जब उनि स्कीङका क्रममा बरफको माथि कुदिरहेका थिए। अचानक उनले संतुलन गुमाएर स्कींगको लठ्ठि छातीमा लाग्यो । डाक्टरहरुले उनलाई बाच्न नसक्ने बताए ।

ती व्यक्ति आफ्नो घटना सुनाउछन्,’ त्यस स्थितिमा मेरो शरीर अस्पतालमा थियो र मेरो आत्मा अस्पतालको छतमाथिबाट हेरिरहेको थियो । म देखिरहेको थिए कि मेरो शरीर जमीनमा रहेको छ र डाक्टर मेरो शरीरमा जुटिरहेका थिए मलाई बचाउनको लागि परिश्रम गरिरहेका थिए किनभने त्यस समयसम्म मेरो मुटुले काम गरिरहेको थियो । अंतमा डाक्टरले  हार मानेर भन्छन् यी अब जीवित छैनन् त्यसपछि सबै जान थाले ।

तब अचानक उसलाई धक्का लाग्छ र उनको आत्मा पुन: शरीरमा आउछ। शरीरमा तरंग उत्पन्न हुन्छ र मुटु पनि धड्किन थाल्छ ।

ती व्यक्ति भन्छन्,’ त्यस समय मेरो अनुभव निकै विचित्रको थियो । मैले निकै अनौठो उपलब्धि प्राप्त गरे । अब म सोच्छु मैले संसारमा निकै चिज प्राप्त गरे, धन वैभव प्राप्त गरे तर पछिको कमाइको लागि केहि सोचिन । मृत्युपछि मैले के लिएर जाने, कहाँ जाने, यसको तर्फ त मैले ख्याल नै गरिन ।’

यसकारण हाम्रा सन्तहरुले भने, ‘ मानिस जुन चितामा जलेर खरानी हुन्छ त्यो तिमिसँग कसरी जान्छ ? यो शरीर जब अग्निमा प्रज्वलित हुन्छ, हड्डिहरु जलेर खरानी हुन्छ, छाला खरानी हुन्छ, केहि पनि साथमा जानेछैन ।’

सन्तहरु भन्छन्,’ वास्तवमा हाम्रो आत्माको जुन साधना छ, त्यो प्रभुको त्यस सत्य नामको कमाइ हो त्यही हाम्रो साथ जानेछ बाकि सबै यहि पृथ्वीमा रहनेछ ।’

त्यसका लागि केहि सोच्नुभएको छ? सन्तहरुले त सम्झाए कि तिमी नाडीको कुरा गर्छौ यो तनको नाडी पनि हामीसँग जानेछैन । यसकारण भजनको कमाइ गर किनभने यो जुन सुमिरण छ, यो जुन भजन छ यहि हामीसँग जानेछ। यही त्यो अविनाशी बस्तु हो जसको मृत्युपछि समाप्ति हुदैन ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!