एक सहज साहित्यक डबली, ‘पेजअटर डट कम’

काठमाडौं । हरेक मानिसहरु भित्र म हुन्छ । उनीहरु केहि न केही लेखिरहन्छन् । त्यसरि लेखिएका लेखहरुलाई यदि सहि स्थान प्राप्त भयो भने, ति प्रत्येक महरु भविष्यका कुशल लेखकहरु हुन । आजको जस्तो प्रविधिले सु–सज्जित समाजमा पनि त्यस्ता प्रतिभाहरु चुपचाप गुम्सिएर बसिरहेका हुन्छन् ।
आफुभित्र रहेको कुशल प्रतिभा चिन्न नसक्दा समाज तथा राष्ट्रले त्यस्ता प्रतिभाहरु गुमाईरहेका छन् । यस्तो समस्याबाट राष्ट्र र समाजलाई मुक्त गर्ने एउटा छुट्टै प्रयास को रुपमा ‘पेज अटर डट कम’ ले बजारमा आफ्नो उपस्थिती जनाईरहेको छ ।
पछिल्लो समय ‘अल्ट्राबाईट आई टी कम्पनी’ काठमाण्डौले यस्तै समस्याबाट गुज्रिरहेका मानिसहरुलाई लक्षित गरि ‘पेजअटर डट कम’ को सुरुवात गरेको छ । ‘अल्ट्राबाईट’ले भनेको छ ‘पेज अटर डट कम’ एक विधुतिय साहित्यिक डबली हो ।
विधिवतरुपमा २०७४ साल भदौ १ गते बाट यसले आफ्नो प्रारम्भीक कार्य सुरु गरेको कम्पनीले जनाएको छ । स्थापनाको छोटो समयमा नेपाली साहित्य क्षेत्रमा आफ्ना लेख रचना आफै प्रकाशन गर्न पाउने चौतारीका रुपमा ‘पेज अटर डट कम’ स्थापित हुँदै गएकोमा आफु उत्साहित भएको संचालक अमर भट्टराईले बताए ।
समाजमा धेरै सिर्जना छन्, पैसा अभाव र परिस्थिति अनुकूल नहुँदा कयौ साहित्यक सिर्जनाहरु फोहोरका टोकरीमा गएर कुहिन्छन् ।
यसै अवस्थाको अन्त्य गर्न र सर्जक तथा पाठकलाई जोड्ने पुलको कार्य गर्ने विशेष लक्ष्यका साथ यसको सुरुवात गरिएको संचालक भट्टराई बताउँछन् ।
लेखकहरुले सहज पहुँच राख्ने र ति लेखहरु युगौयुगसम्म ताजा सुरक्षित राख्न उच्च प्राबिधिक तयारी समेत गरिएको उनले बताए । उनी भन्छन ‘यसले जात, धर्म, लिङ्ग, भूगोललाई लिएर भेदभाव राख्दैन, बरु यो साझा भाषा भेषको साझा मंच साहित्यक चौतारी हो ।’
कसरि जोडिने पेज अटर डट कममा
‘पेज अटर डट कम’ मा जोडिनको लागि ‘गुगल सर्च’ मा गएर अँग्रेजीमा ‘पेज अटर डट कम’ टाइप गर्ने र ‘लग ईन’ मा ‘क्लिक’ गरि आफनो ‘अकाउण्ट’ खोल्नु पर्ने हुन्छ । त्यसपछि तपाईं ‘पेज अटर डट कम’ को आजिवन निशुल्क सदस्य बन्नु हुन्छ । साथै आफ्नो लेख रचना पोष्ट घरबाटै गर्न सक्नुहुन्छ ।
ति लेख रचना सम्पादन गरि ‘पेज अटर डट कम’ ले स्थायी रुपमा पोष्ट गर्नेछ । घरमै बसेर इन्टरनेट, मोबाईल र कम्प्युटरको माध्यमबाट पाठकले पनि निशुल्क रुपमा अध्ययन गर्ने मौका पाउने छन् ।