अनुष्का शर्मा–बिराट कोहली
अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीले अघिल्ले वर्षको ११ डिसेम्बरमा इटलीमै बिहे गरेका थिए । इटलीको टसकनी शहरको बोर्गो फिनोसिटो रिसोर्टमा भारतीय परम्पराअनुसार उनीहरुको बिहे भएको थियो ।
फोब्र्स म्यागजिनका अनुसार यो रिसोर्टमा एउटा कोठाको एक साताको भाडा उनीहरुले करिब डेढ लाख डलर तिरेका थिए । भेन्यूका अलावा अनुष्का र बिराटको कपडा, ईंगेजमेन्टको औंठी र रिसेप्सनमा प्रशस्त पैसा खर्च गरिएको थियो । सञ्चारमाध्यमका अनुसार बिराटले अनुष्कालाई डेढ करोड रुपैयाँको औंठी लगाइदिएका थिए । यसैगरी अनुष्काको लहेंगा ४५ लाख रुपैयाँको थियो ।
ऐश्वर्या राय–अभिषेक बच्चन
मात्र एक वर्ष डेट गरेपछि अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चनले बिहे गरेका थिए । सन् २००७ को २० अप्रिलमा मुम्बईमा उनीहरुको बिहे भएको थियो । यो बिहे पनि उत्तिकै भड्किलो थियो । बिहेमा ऐश्वर्याले लगाएको कपडाको मूल्य मात्रै ७५ लाख भारु थियो । ११ वर्षअगाडि भएको बिहेमा ११ करोड भारु खर्च भएको थियो जुन ११ वर्ष अगाडिको हिसाबले निकै महंगो हो ।
शिल्पा सेट्टी र राज कुन्द्रा
अभिनेत्री शिल्पा सेट्टीले व्यापारी राज कुन्द्रासँग २२ नोभेम्बर २००९ मा बिहे गरेकी थिइन् । बिहेमा राज कुन्द्राले शिल्पालाई ३ करोड भारुको आंैठी लगाइदिएका थिए । शिल्पाले लगाएको लहेंगाको मूल्य ५० लाख भारु बताइएको थियो । राज कुन्द्रले बिहेको पहिलो वर्षिकोत्सवमा शिल्पालाई दुबईमा रहेको बुर्ज खलीफाको १९ तल्लामा एउटा अपार्टमेन्ट गिफ्ट दिएका थिए । उक्त अपार्टमेन्टको मूल्य ८० लाख डलर रहेको थियो ।