डिएसपी श्यामकुमार राईविरुद्ध विशेष अदालतमा मुद्दा
Nov 14 , 2018

कात्तिक २८, काठमाडौँ । महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राई विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २० असोजमा वृत्तबाट पक्राउ गरेको राईले लिएको १ लाख ४० हजार बिगो मागदाबी सहित बुधबार बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो । आयोगले राईले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको दाबी सहित मुद्दा दर्ता गरेको हो। ऐनमा राष्ट्र सेवक कर्मचारीले घुस रिस्वत लिएको प्रमाणित भएमा ६ महिनादेखी १ वर्षसम्म सजाय हुने उल्लेख छ।
निलम्बित डिएसपी राईलाई कार्यालयमै सेवाग्राहीसँग दुई लाख घुस रकम लिएपछि उनलाई अख्तियार टोलीले १ लाख ४० घुस रकमसहित नियन्त्रणमा लिएको थियो ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!