Mar 26, 2023

पहिलो हाफमा स्पेन र रुसको बराबरी

Jul 01 , 2018

काठमाडौं,१७ असार-विश्वकप फुटबलको तेस्रो प्रि-क्वाटरफाइनल अन्तर्गत अहिले जारी खेलको पहिलो हाफमा स्पेन र आयोजक रुसले १ – १ गोलको बराबरी खेलेका छन्।

लुजिनिकी स्टेडियममा जारी खेलको ४१ औं मिनेटमा आर्टेम डिजुबाको पेनाल्टी गोलबाट रुस खेलमा फर्किएको हो। स्पेनको जेरार्ड पिकेले ह्यान्ड बल गरेपछि रुस खेलमा फर्किएको हो।

यसआघि खेलको १२ औं मिनेटमा आत्मघाती गोलबाट स्पेनले अग्रता बनाएको थियो। मार्को एसेन्सियोको फ्रिकिक बलले रुसका सेर्गेइलाई लाग्दै पोस्टको जाली चुमेको थियो। दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्।