Sep 28, 2023

रवि लामिछाने विरुद्ध सबै उजुरी, ‘झूटो’ ! यसरी भयो पर्दाफास !-विवरण हेरी शेयर गर्न नभुल्नुहोला

Jun 22 , 2018

काठमाडौं । एक टेलिभिजनमा जनतासँग सिधा कुरा नामक कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका रवि लामिछाने विवादमा मुछिएका छन् । केही व्यक्तिले प्रेस काउन्सिलमा लामिछानेले नेपालमा श्रम स्विकृति नलिई कार्य गरिरहेको भन्ने उजुरी परेपछि छानबीनका क्रममा उनी दोषी समेत पाइएको छ । प्रेस काउन्सिलले लामिछानेले गैरकानुनी रुपमा नेपालमा श्रम स्विकृति विना नै बस्दै आएको समेत पाइएपछि विभिन्न प्रतिवेदन समेत सार्वजनिक गरिएको छ ।

असार ६ गते बुधबार राजधानीमा आयोजित “काउन्सिल ऐन, गोपनीयताको हकसम्वन्धी ऐनको” मस्यौदाउपर छलफल कार्यक्रममा काउन्सिलका उप प्रशासकिय अधिकृत रामेश्वर बोहराले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा लामिछाने विरुद्ध परेको उजुरी र छानबीन पछि भेटिएका तथ्यहरु सार्वजनिक गरिदिएका थिए ।

२०७४ असोज २ गते कैलाश राज लोहनीले प्रेस काउन्सिलको कार्यालय सन्चारग्राममा लामिछाने विदेशी नागरिक भएको र नेपालमा काम गर्नका लागि नेपाली नागरिक हुनुपर्ने वा विदेशी नागरिक भए श्रम स्विकृति लिनुपर्ने भन्दै छानबीन गर्न उजुरी दिएका थिए । उक्त उजुरीमा ‘रवि लामिछानेले आफै न्यायाधिश र कानुन’ भएजस्तो गरी आफ्नो चरित्र हत्या गरेको समेत उल्लेख थियो ।

२०७४ असोज २ गते कैलाश राज लोहनीले प्रेस काउन्सिलको कार्यालय सन्चारग्राममा लामिछाने विदेशी नागरिक भएको र नेपालमा काम गर्नका लागि नेपाली नागरिक हुनुपर्ने वा विदेशी नागरिक भए श्रम स्विकृति लिनुपर्ने भन्दै छानबीन गर्न उजुरी दिएका थिए । उक्त उजुरीमा ‘रवि लामिछानेले आफै न्यायाधिश र कानुन’ भएजस्तो गरी आफ्नो चरित्र हत्या गरेको समेत उल्लेख थियो ।

त्यस्तै अर्का एक निवेदकले पनि आफू विरुद्ध लामिछानेले झूटो र कपोकल्पित समाचार प्रकाशन गरेको भन्दै उजुरी दिएका थिए ।

मिति २०७४ माघ २७ गते काउन्सिलमा परेको उजुरीमा विना अनुमति व्यक्तिको कार्यकक्ष, निवासमा समेत घुसी अनर्गल रुपमा भ्रामक समाचार बनाउने गरी भिज्युअल खिच्ने र आम सीधासादा जनतालाई दुःख दिने गरेको तथा लामिछाने आफू अमेरिकी आप्रवासीय भिसाा लिई नेपालमा अनुमति बेगर बस्दै आएको र नेपालका सञ्चार माध्यममा काम गर्नका लागि नेपाली नागरिक हुनुपर्ने’ उल्लेख गरिरुएको थियो ।

लामिछानेको विषयमा छानबीन गर्न बनेको उपसमितिले सोही निवेदन पश्चात न्युज २४ टेलिभिजनलाई पत्र काटेको थियो । पत्रको जवाफमा उनले आफू विदेशी नागरिक नभएको बताएका थिए ।

‘पत्रमा उल्लेख भए अनुसार आएको उजुरीमा भ्रमपूर्ण, कपोकल्पित र पुर्वाग्रही छ । सबैभन्दा पहिले म विदेशी नागरिक होइन । केही समय विदेश बसेका र विदेशी , आइडी पासपोर्ट आदी डकुमेन्ट लिएका नेपालीहरुलाई नेपालको संविधानले गैर आवासिय नेपाली भन्छ । व्यवस्थापीका संसदले बनाएको २०६४

ससालको ऐन नं. १५ गैर आवासिय नेपालीका सम्बन्धमा व्यवस्था गर्न बनेको एनको खण्ड १३ ले काम गर्ने मात्र होइन उद्योग व्यावसाय समेत सञ्चालन गर्न पाउने अधिकार दिएको छ । त्यसमाथि मैले नेपाल सरकारको गृह मन्त्रालयबाट बस्ने भिषा लिएको छु,’ लामिछानेले जवाफमा भनेका छन्,‘पछिल्लो समय मेरो कार्याअनुमति पत्र नविकरण प्रक्रियामा छ ।

नविकरण प्रक्रियामा रहँदै गर्दा काम गर्न समस्या नभएको गृह मन्त्रालयको अभिव्यक्तिको रेकर्ड समेत सुरक्षित राखेको छु । म पत्रकार होइन भइसकेको पनि छैन । म एक कार्यक्रम सञ्चालक हुँ । कार्यक्रम सञ्चालकले मात्रै होइन धेरै पत्रकारले प्रेस पास लिएका छैनन् ।’ लामिछानेले उजुरीको अन्तिममा भनेका छन्,‘अहिलेको अवस्थामा प्रेस पास लिनु भन्दा म यो पेशा नै त्यागेर दोबाटोमा जुत्ता पालिस गर्न बरु गर्वको अनुभूती गर्ने छु ।’

यही वाक्य लामिछानेलाई महँगो पर्न गएको समेत काउन्सिलको बुझाई छ । छानबीनका क्रममा लामिछानेको राहदानी नम्बर ५१२९६६९८१ लाई अध्यागमन विभागले ४ अक्टोवर २०१८ सम्मको गैर पर्यटक भिषा जारी गरिदिएको पाइएको थियो । यता श्रम विभागले समेत काउन्सिललाई पत्र पठाई लामिछानेले श्रम स्विकृति नलिएको उल्लेख गरेको छ ।

श्रम स्विकृति नलिएका लामिछानेलाई न्युज २४ टेलिभिजनले गैरकानुनी प्रेस पास सहित काम गर्ने अनुमति दिएको सुचना विभागले जनाएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!