गृहमन्त्री थापा र राष्ट्रिय सभाध्यक्ष तिमिल्सिनाको कार्यकाल ६ वर्ष
Jun 18 , 2018

काठमाडाैं- गृहमन्त्री रामबहादुर थापाको राष्ट्रिसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । सोमबार नयाँ बानेश्वरमा भएको गोलाप्रथाबाट थापाको कार्यकाल ६ वर्षको हुने टुंगो लागेको छ ।
त्यस्तै राष्ट्रिय सभाध्यक्ष गणेश तिमिल्सिनाको कार्यकाल पनि ६ वर्षकै हुने भएको छ । गोलाप्रथाबाट उनको कार्यकाल पनि ६ वर्षको हुने टुंगो लागेको हो ।
त्यस्तै कोमल ओलीको कार्यकाल ४ वर्षको हुने टुंगो लागेको छ ।