Sep 26, 2023

ज्यानमारा ट्रिपर : स्कुटरलाई ठक्कर दिएपछि यसरी जलाइयो (भिडियोसहित)

Jun 14 , 2018

काठमाडौं– राजधानीको जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् ।

बुधबार मध्यान्ह बा४ख ३५५८ नम्बर ट्रिपरले बा७०प ९३९९ नम्बरकाे स्कुटरलाई ठक्कर दिएसँगै आक्रोशित स्थानीय आगजनीमा उत्रिएका हुन् ।

आगजनीबाट ट्रिपर क्षतिग्रस्त बनेको छ । दुर्घटनामा काभ्रेकी अस्मिता भण्डारीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इक्सपेक्टर राजु लामाले बताए । यस्तै उनका श्रीमान आषिश जोशी घाइते भएका छन् । उनको बीएण्डबी अस्पतालमा उपचार भइरहेको पनि लामाले बताए । स्कुटर जोशीले हाँकेको बताइएको छ ।

दुर्घटनापछि पेप्सिकोला , कोटेश्वरबाट र लोकन्थलीबाट जडिबुटीतर्फ जाने सवारी साधनहरु प्रभावित भएका छन् । स्थानीयले अहिले चालकमाथि कडा कारबाहीको माग गर्दै सडकमा नाराबाजी गरिरहेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!