Sep 28, 2023

गणेश भगवान्ले सबैको कल्याण गर्दै आजको राशिफल

Jun 07 , 2018

अाज वि.स.२०७५ साल जेष्ठ २४ गते । बिहीबार । ईश्वी सन् २०१८ जुन ०७ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४० । अधिक ज्येष्ठ कृष्ण पक्ष । तिथि अष्टमी ७ घडी ३५ पाला,बिहान ८ बजेर १२ मिनेट उप्रान्त नवमी । करण कौलव,बिहान ८ बजेर १२ मिनेट उप्रान्त तैतिल,बेलुकी ८ बजेर ३१ मिनेट उप्रान्त गर । नक्षत्र पूर्वाभाद्रपदा ३३ घडी ३ पला,बेलुकी ६ बजेर २३ मिनेट उप्रान्त उत्तरभाद्रपदा । योग प्रीति ३७ घडी १७ पला,बेलुकी ८ बजेर ४ मिनेट उप्रान्त आयूष्मान । आनन्दादिमा मुदगर योग । चन्द्रराशि कुम्भ,दिउसो १२ बजेर ४ मिनेट उप्रान्त मीन । पञ्चक । काठमाडौँमा सूर्योदय ५ बजेर १० मिनेट,सूर्यास्त बेलुका ६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २७ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउँन सकिनेछ । विद्यामा राम्रो प्रगति हुँने हुँदा पढाई लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउँन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । बेलुकीपख लामो दुरीको यात्रा हुने प्रशस्त सम्भावना रहेको छ भने विदेश सँग सम्बन्धित कामहरू हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,बि,वू,वे,वा) नयाँ काम पाउने तथा नोकरिमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडि बढ्नेछन् । पढाई लेखाई अरूभन्दा एक कदम अगाडि नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । .मध्यान्हबाट समय मध्ययम रहेकोले कामहरू समयमा नबन्नाले मानसिक तनाव बढ्नेछ । रुपैयाँ पैसाको कारोबार गर्दा ध्यान दिनुहोला भविष्यमा विवाद सिर्जना हुँन सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन भने सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सूचनाहरू बहिरुने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय राम्रो रहेकोले व्यापार व्यावासायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । सरकारी काम भनेको समयमा हुने हुनाले मन प्रसन्न हुनेछ ।

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो) व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुँनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । साँझपख धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ भने धार्मिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) चली आएका परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। व्यापारकै सवालमा छोटो तथा लामो दुरीको यात्रा हुनेछ भने पर्यटन तथा यात्रा सँग सम्बन्धित काममा गसमय खर्चिने हरूले मनग्गे धन तथा सम्पत्ति जोड्ने योग रहेको छ । माया प्रेममा नजिक भई आफ्ना मनका कुरा साटासाट गर्न सकिनेछ । पढाई लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा गुरु जनहरू खुसी हुनेछन् । साँझपख सवारी साधन चलाउँदा वा प्रयोग गर्दा ध्यान दिनुपर्ने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मुद्दा मामिला तथा न्यायिक निर्णयहरू तपाइकै पक्षमा फैसला हुने समय रहेको छ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ सङ्ग्रह मनग्गे गर्न सकिनेछ । कुनै पनि प्रतिस्पर्धामा तपाइकै नाम आउनेछ । मामा तथा मावलि पक्षसँग सम्बन्ध थप सुधार भएर जानेछ । पुरानो समस्या तथा रोगहरू स्वतः समधात हुने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउँनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । मध्यान्हबाट समय तपाइकै पक्षमा आउने हुनाले तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुँनेछन् । काम गर्न रकम तथा आर्थिक स्रोतहरू जुट्ने हुँनाले व्यापार व्यावसायमा प्रशस्त आम्दानी हुँनेछ ।

बृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) व्यापार व्यावसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसायमा समय लगानी गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । मध्यान्हबाट समय राम्रो आउने हुनाले प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । आर्थिक मुद्दाहरू हल भएर जानेछन् भने नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । पढाई लेखाइमा मन जाने तथा नतिजा तपाईँ आफ्नै पक्षमा पार्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,डा,भे) प्रणय सम्बन्धमा सुधार हुँनेछ भने एक अर्काको सहयोगले खोजमुलक विषयमा मन जानेछ । आम्दानी बढाउँन गरिने कामहरू समयमा नै सम्पन्न गरी आर्थिक स्थिति मजभुत पार्न सकिनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाम मुखि कामगर्न सकिनेछ । विवादित विषयहरू तपाइकै पक्षमा आउँने हुँदा मन प्रसन्न रहनेछ । साँझपख आफन्त तथा आमा सँग मनमुटाव बढ्ने योग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बोल्दा वा कुनै पनि प्रस्तुतिमा भाग लिँदा प्रशस्त तयारी गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुँनेछ । तयारी बिनानै प्रस्तुत गरिने कुनै पनि योजना विफल हुन सक्छ ध्यान दिनुहोला । मध्यान्हबाट समय तपाइकै पक्षमा आउने हुनाले अर्थ उपार्जनका विभिन्न स्रोतहरू जुट्ने हुँनाले पछिसम्म आम्दानी हुँने व्यावसायमा लगानी बढाउँन सकिनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईँले सुरु गर्नुभएको कामको दाजुभाइ तथा छिमेकीबाट उच्च मुल्याङकन हुँने ग्रहयोग रहेकोेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सु,से,सो,दा) अध्ययन तथा अध्यापनमा मन जाने छैन भने स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। मध्यान्हबाट व्यापारमा गरेको लगानी फस्टाएर जाने योग रहेको छ भने राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ । भौतिक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेश यात्रा सँग सम्बन्धित काममा ढिलाइ भए पनि अन्ततः काम बन्नेछ । अल्छी गर्नाले कामहरू समयमा हुने छैनन् मध्यान्हबाट पढाई लेखाइमा अरूभन्दा एक कदम अगाडि बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!