Mar 16, 2023

धुर्मुस सुन्तलीले रगं लगाएर चम्काइरहेको वीर अस्पतालमा ब्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार र सतर्कताले छानविन थाल्यो

Jun 04 , 2018

काठमाडौं । कलाकार तथा समाजसेवी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले चन्दा उठाएर हालै वीर अस्पतालको सरसफाइ र रंगरोगन गरेर चम्काइरहेको विर अस्पतालमा व्यापक अनियमितता भएको विषयमा सरकारको उच्च निकायसम्म उजुरी तथा प्रतिवेदन पेस गरेपछि राष्ट्रिय सतर्कता केन्द्रले आइतबारबाट छानविन शुरू गरेको छ । राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान समिति बनाई उपसचिव यमप्रसाद भुसालको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको वीर अस्पतालको उच्च स्रोतले जनाएको छ।

उक्त अनियमितताको विषयमा विगतको सरकार प्रमुख प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्रिय सतर्कता केन्द्र, महालेखा, सार्वजनिक खरिद अनुगमन कार्यालयका साथ विभिन्न चरणमा गरेको अनुसन्धान प्रतिवेदनले वीर अस्पतालमा व्यापक अनियमितता भएको भन्दै छानविनका लागि स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन पेस भएको थियो। अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्ब रुपैयाँको खोजी गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रले उक्त दुई अर्बको खोजी गर्न थालेका हुन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल र ट्रमा सेन्टरमा भएका भ्रष्टाचार र अनियमितताको सुबत प्रमाण सहित ८४ बुँदाको उजुरी परेपछि अख्तियार र सतर्कताले छानविन अघि बढाएको हो । अस्पताल विबादमा तानिँदा धुर्मुस सुन्तलीको टोली भने २४ सै घण्टा रंग रोगन गर्नमा ब्यस्त छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!