मन्त्रिपरिषद बैठकका निर्णयहरू यस्ता छन्

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाका अनुसार आज बसेको मन्निपरिषद बैठकका निर्णयहरू यी हुन्।
मन्त्रिपरिषद बैठकका निर्णयहरुसरकारको २०७५/७६ को नीति तथा कार्यक्रम पारित भएकोमा र सहयोग गर्ने सबै माननीय सांसदहरुलाई धन्यवाद दिने निर्णय।
स्वच्छिक अवकाशमा गएका कर्मचारी कसैले निवेदन फिर्ता लिन चाहेमा फिर्ता लिन अनुमति दिने निर्णय।
प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय।
नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको श्रम समझदारी पत्र नविकरण गर्ने निर्णय।
श्रम नियमावली २०७५ स्वीकृत गर्ने निर्णय।
२०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ६ को ४ किलो भन्ने स्थानमा गएको पहिरो हटाउने क्रममा ज्यान गुमाएका ४ जना प्रहरीका परिवारलाई १० लाखको दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय।
शिक्षाको अधिकार सम्बन्धि विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्रिपरिषद्को सैद्दान्तिक सहमति दिने निर्णय।