चर्चित गायक शिव परियार दुर्घटनामा घाइते, यस्तो छ अहिले अवस्था
May 27 , 2018

काठमाडौं, १३ जेठ । गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।
उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ ।
उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किने फर्किएको बताइएको छ ।