Mar 15, 2023

एक डलर साट्न ११० रुपैयाँ तिर्नुपर्ने

May 24 , 2018

नेपाली मुद्रा कमजोर बनेको छ।

राष्ट्र बैंकले तोकेको बिनिमयदर अनुसार एक अमेरिकी डलरको मूल्य करिब ११० रुपैयाँ पुगेको छ। बैंकले डलरको बिक्रीदर मूल्य १०९ रुपैयाँ ७८ पैसा तोकेको छ। यो अघिल्लो दिनको तुलनामा ६१ पैसा महँगो हो।

खरिददर मूल्य १०८ रुपैयाँ ५७ पैसा तोकिएको छ। मुद्रा बिनिमयको कारोबार गर्ने कम्पनीहरुले एक डलर बराबर ११० रुपैयाँभन्दा बढीमा बिक्री गरिरहेका छन्।

भारतीय मुद्रा कमजोर भएपछि स्थिर बिनिमयदर रहेको नेपालमा त्यसको असर परेको हो।  विश्वका अधिकांश स्टक मार्केट ओरालो लाग्दा लगानीकर्ता डलरतर्फ आकर्षित भएको र त्यसले मूल्यमा प्रभाव पारेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। अमेरिकामा रोजगार बढ्नु र अर्थतन्त्र सबल बन्नुले पनि डलर थप मजबुत बनेको हो।