Mar 20, 2023

२२६ वर्षमा पहिलो पटक न्यूयोर्क स्टक एक्सचेन्जको नेतृत्व महिलाको हातमा

May 23 , 2018

काठमाडौं,९जेठ-विश्वको ठूलो मानिएको स्टक एक्सचेन्ज न्यूयोर्क स्टक एक्सचेन्जको नेतृत्व पहिलो पटक महिलाले गर्ने भएकी छन्।२२६ वर्षको इतिहास बोकेको न्यूयोर्क स्टक स्टक एक्सचेन्जमा नेतृत्व स्टेसी कनिगहेमले लिएकी छन्।

उनी न्यूयोर्क स्टक एक्सचेन्जको प्रमुख संचालन अधिकृत थिइन्।सन् २०१३ देखि न्यूयोर्क स्टक एक्सचेन्जमा अध्यक्षको रुपमा थोमस फरले काम गरिराखेका थिए।स्टेसीले आफ्नो करिअरको सुरुवात जेसीसीबाट गरेकी थिइन्। यसपछि बैंक अफ अमेरिकामा उनले काम गरिन्।

गतवर्ष फाइनान्सिष्ल टाइम्सलाई दिएको अन्तरवार्तामा उनले पहिलो प्रेम समर इन्टनसिपको समयमा ट्रेडिङ फ्लोरसँग भएको बताएकी थिइन्।एजेन्सी