शेयर बजार: चार अंकले घट्यो
May 22 , 2018

निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज पुनः ४.३१ अंकले घटेर नेप्से परिसूचक एक हजार ३३२.८२ बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक अंकले घटेको छ । कूल १६० कम्पनीको १० लाख ४७ हजार ८४३ कित्ता शेयर रु ५३ करोड ८६ लाख नौ हजार ३८९ मूल्यमा खरिद बिक्री भएको छ ।
स्टकका अनुसार आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर बढेको छ । होटल २.९३, उत्पादन ५.८५ र माइक्रोफाइनान्स समूहको शेयर ५.७५ बिन्दुले बढेको छ ।
यस्तै बैंकिङ ४.१४, विकास बैंक ७.२, जलविद्युत् ३.९३, फाइनान्स १.५६, बीमा २४.४५ तथा अन्य समूह ५.३५ बिन्दुले घटेको छ । रासस
Facebook Notice for EU!
You need to login to view and post FB Comments!