Sep 28, 2023

सन्दीप आइपिएलको ‘बेस्ट बलिङ इकोनोमी’को एक नम्बरमा

May 21 , 2018

इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली डेयरडेभिल्सबाट मैदानमा उत्रिएका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने ‘बेस्ट बलिङ इकोनोमी’ (कम खर्चिलो बलर)को एक नम्बरमा रहेका छन्।

आइपिएलको आधिकारीक वेबसाइट आइपिएल टि२० डट कममा लामिछाने ‘बेस्ट बलिङ इकोनोमी’को पहिलो नम्बरमा छन्। उनले २ खेल खेलेर ८ ओभरमा २ विकेट लिँदै ४६ रन दिएका छन्। उनको इकोनोमी ५.७५ रहेको छ। दोस्रो नम्बर ५.९३ इकोनोमी साथ इस सोधीको रहेका छन् । उनले ५ खेल खेल्दै १५ ओभरमा ४ विकेट लिँदै ८९ रन दिएका छन् ।

त्यसैगरी, तेस्रो नम्बरमा ६.३१ इकोनोमीका साथ सन्दीप शर्मा रहेको छन्। उनले ९ खेल खेल्दै ३५ ओभरमा ९ विकेट लिदै २२१ रन दिएका छन्।

शुक्रबार भएको खेलमा सन्दीप लामिछानेले आफ्नो चार ओभर बलिङमा १ विकेट लिएर २१ रन खर्चिएका थिए । यसअघि बैंग्लोरविरुद्ध डेब्यू खेलमा सन्दीपले ४ ओभरको स्पेलमा २५ रन खर्चेर १ विकेट लिएका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!