Oct 17, 2021

रबि लामिछानेको आग्रह:: घरमा भएका पुराना जुत्ता नफाल्नु होला “सिन्को नभाच्ने ठग ठेगदार र नेतालाई माला लगाउन काम लाग्छन”

May 21 , 2018

रबि लामिछानेको आग्रह:: घरमा भएका पुराना जुत्ता नफाल्नु होला “सिन्को नभाच्ने ठग ठेगदार र नेतालाई माला लगाउन काम लाग्छन”

काठमाडौं ! ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने व्यवसायीलाई थुन्ने आदेशसहितको गृहमन्त्रीको कडा निर्देशनको स्वागत नगर्ने कुरै आउँदैन । आज यस कुराको बिश्लेषण गरौँ ।

गृहमन्त्री थापाले साँच्चै नै केही गर्ने अठोट गर्नुभएको हो भने उहाँलाई सहयोगी हुने केही टिप्स दिन चाहान्छु । यो ठेक्का पट्टाको खेल अनौठो छ गृहमन्त्री ज्यु । ठेक्का प्रकृया केवल नाटक मात्र हो, झुर नाटक ।

ठेक्का हत्याउनेले कमिशन स्वरुप पाउने पैसा काम शुरु गर्नु अगाडिनै बुझाउँछ, त्यो पैसा जो जसलाई जानु पर्ने हो जान्छ । ठेक्का पाउनेले बुझाउने रकम मन्त्रीसम्म पुग्ने भएकाले नै यो दशेका बाटो घाटोको कन्त विजोग भएको हो ।

२ वटा कारणले यस अघि ठेक्का समयमा सकिएनन् गृहमन्त्री ज्यु, १ निर्माणको ठेक्का पाएका कम्पनीबाट लाखौँदेखि करोडाँेसम्म स्वयम निर्माण तथा भौतिक पुर्वाधार योजना मन्त्रीेले घुस खाने भएर । २ असक्षम मन्त्रीले कुर्सी ओगटेर ।

यो बाहेक अरु कुनै कारण हुन सक्दैन बहस गर्नु परे गरौँला । एनी टाईम एनी वेयर । यो देशमा बिगत २५ बर्षमा को को मन्त्रीहरु भए, तिनका छोरा, नाती, भाइ, भतिजा सबको बैंक खाता रोक्का गरेर छानविन गर्नुहोस, गृहमन्त्री ज्यु यो देशको बाटो घाटोको यो दुर्दशा कुन चाही जनतामारा देश द«ोही मन्त्रीले चरम भ्रष्टाचार गरी जनताको रगत चुसेर सत्यानास पा¥यो भन्ने कुरा १ हप्तामा छर्लङग हुन्छ, दुधको दुध पानिको पानी ।

विगत २५ बर्षमा यस मन्त्रालयमा काम गरेका उच्च पदस्थ कर्मचारीको एक एक रेकर्ड खोज्नुस् अनी तिनका सन्तानले अष्ट्रेलिया, अमेरीकाका विभिन्न शहरहरुमा किनेका ग्यास स्टेशनका लागि आएको पैसाको सोर्स बारे पनि खोजी गर्नुहोस मन्त्री ज्यु । इतिहासकै पावरफुल गृहमन्त्री ज्यु, सुन्नुहोस् है त ।

ठुला ठुला हाकिम साबहरुले कमिशन बापत पाउने पैसा हुण्डी मार्फत युरोप, अमेरीका, अस्ट्रेलीययामा रहेका आफ्ना सन्तानलाई पठाउँछन् । तिनले गरेको भ्रष्ट्राचारको गन्ध समेत पाउनुहुन्न तपाईले । अनि रिटार्यड भएको हप्ता दिनमा छोरा छोरीले बोलाए भनेर उतै जान्छन् ।

जनतालाई दशकौँसम्म हिलो र धुलोमा बाँच्न विबश पार्नेहरु यतिखेर युरोप अमेरीका अष्ट्रेलीयाका चिल्ला सडकहरुमा छोराछोरीले चलाएको गाडीमा घुम्दैछन् । गृहमन्त्री ज्यु, १/२ वटा जैरे ठेकेदारलाई थुनेर केही हुन्न ।

यो सेटिङ यती बलियो छ कि उस्तै परे धेरैको कुर्सी हल्लाई दिन्छ । बाटोको ठेक्कामा केवल सडक विभागको मात्र हात हुँदैन । विद्युत प्राधिकरणको पोल, खानेपानीको पाइपसँगै कसैको नीजि जग्गाको मुआब्जा जस्ता बिषय जोडिन्छन् । यो कुरा सबका सबलाई थाहा हुन्छ कि ठेकेदारले न बिजुलीको पोल हटाउन सक्छ न खानेपानिको पाइप सार्न सक्छ न कसैलाई मुआब्जा नै दिन सक्छ ।

तैपनि काम शुरु गरेजस्तो गरेपछि प्रोजेक्टं हेरी २/३ करोड निकासा गरिन्छ । त्यसपछि त्यो पैसाले कतै जग्गा किन्यो, प्लटिङ ग¥यो ३ बर्षमा तेब्बर भाउमा बेच्यो, मालमाल बन्यो । बाटो किन नबनाएको भन्यो भने जवाफ आउँछ,विद्युत प्राधिकरणले पोल नै हटाएन, खानेपानीले पाइन नै हटाएन