May 26, 2023

ला लीगामा बार्सिलोनाको यात्रा पुन जिवित

May 17 , 2018

काठमाडौं – स्पेनिस लिग फुटबलमा बार्सिलोनाको अपराजित यात्रा तोडिएको छ ।

गएराती भएको ला लिगा खेल अन्तर्गत बार्सालाई लेभान्तेले ५ ४ ले हराएको हो ।

लिगमा अपराजित रहँदै नयाँ किर्तीमान रच्ने दाउमा रहेको बार्सिलोनाको लक्ष्य पनि यो हारसँगै समाप्त भएको छ ।

गएरातीको खेलमा बार्सा विरुद्ध लेभान्तेलाई महत्वपूर्ण जित दिलाउन ईमानुएल बोटिङले ह्याट्रिक गरेका थिए ।

स्पेनिस ला लिगाको अर्को खेलमा ईस्पानियोलले मालागालाई ४ १ ले हराँउदा रियाल मड्रिडले सेल्टा भिगोलाई ६ ० ले पराजित गरेको छ ।

ला लिगामा एक खेल मात्रै बाँकी छँदा च्याम्पियन बार्सीलोनाको ९० अंक पुगेको छ ।

दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ७८ अंक छ भने ७५ अंकको साथ रियाल मड्रिड तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानको भ्यालेन्सीयाले ७० अंकको साथ च्याम्पियन्स लिग छनौट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

यसपटक डेपोर्टीभो लाकोरुना, लास पाल्मास र मालागा रेलिगेशनमा परेका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!