Oct 17, 2021

यौन सम्पर्क गर्नु अघि यी कुरा झुक्किएर पनि नखानुस

May 17 , 2018

यौन सम्पर्क गर्नु भन्दा अघि हामीले धेरै कुरामा ध्यान दिनु जरुरी हुन्छ । त्यसमा मुख्य कुरा खाना पनि पर्छ । यौन सम्पर्क गर्नु अघि हामीले के खाना खानु राम्रो हो अनि के नखानु राम्रो त्यस्लाई बुझनु जरुरी छ । आज हामी के कुरा खानु राम्रो हुँदैन यौन सम्पर्क अघि त्यो जान्कारी दिन्छौँ ।

गेडागुडी
गेडागुडी चाँडै पच्दैन । गेडागुडी खानाले ग्यास बनाउँछ । सेक्सको मजालाई ग्यासले कम गरिदिने भएकाले सेक्सअघि भरसक गेडागुडी खानु हुँदैन । साथै गेडागुडीमा पाइने सुगर पच्न समय लाग्छ । अपच पेट सेक्सका लागि अनुकूल हुँदैन ।

ब्रोकाउली
ब्रोकाउली र काउलीमा पनि गेडागुडीमा जस्तै सुगर पाइन्छ । जुन पच्न समय लाग्छ । अमेरिकाको जोन हप्किन्स अस्पतालले गरेको एउटा अनुसन्धानअनुसार यस्तो सुगर पचाउन शरीरले मिथेन रिलिज गर्नेगर्छ । सेक्सका क्रममा उपयोगी हुने मिथेन ग्यास निस्कासन हुनु राम्रो होइन ।

लसुन र प्याज
सेक्समा लीन हुनअघि लसुन खानु हुँदैन । यसले मुख र श्वासलाई दुर्ग्न्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ । फुलेको पेट र दुर्ग्न्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

पनिर
पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानिदैन ।

रातो मासु
रातो मासु हेभी डाइट हो । रातो मासु खाएपछि पच्न लामो समय लाग्छ। रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हुँदैन ।

चिज
चिज पनि पच्न समय लाग्छ। यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ। यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।

चुइङ्गम
चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ। तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।

तारेको आलु
तारेको आलुमा फ्याट बढी हुन्छ । यसले शरीरको रक्तसञ्चारलाई सुस्त बनाउँछ । तर, सेक्समा रक्तसञ्चार तीव्र हुनु राम्रो हुन्छ । साथै तारेको आलुमा नुनको मात्रा कम हुने भएकाले यसले उत्तेजना घटाउने र शरीरलाई अल्छी महसुस गराउने गर्छ ।

पुदिना
पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।