चिनबाट आउने प्रेटोल भण्डारणका लागी जग्गा खोज्दै सरकार
May 17 , 2018

काठमाडौं– नेपाल र चीनबीच भएको सम्झौता कार्यान्वयन गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ नेपाल आयात गरी भण्डारस्थलका लागि जग्गा खोजी कार्य तीव्र पारिएको छ ।
प्रधानमन्त्री केपी ओली चीन जानुअघि नै स्थान पहिचान गर्ने उद्देश्यसहित चिनियाँ पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोट, ललितपुर र तनहुँमा जग्गा खोजी गरिदै छ ।
जेठ १० गतेभित्र नै पेट्रोल भण्डारण गर्ने स्थल पहिचान गरी सोको विवरण चिनियाँ पक्षलाई दिने सरकाको योजना अनुसार जग्गाको खोजीकार्य तिव्र पारिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव लवराज जोशीको नेतृत्वको टोलीले नुवाकोट र तनहुँमा स्थलगत अध्ययन सकेको छ भने ललितपुरको छम्पीमा केहीदिनमा नै स्थलगत अध्ययन हुने भएको छ । – नागरिक दैनिकबाट
Facebook Notice for EU!
You need to login to view and post FB Comments!