Sep 28, 2023

हुम्मालको लागी सुर्खेतबाट उडेकको मकालु एयर सम्पर्कविहिन

May 16 , 2018

काठमाडौं– सुर्खेतबाट हुम्लाको सिमिकोट उडेको मकालु एयरको विमान सम्पर्क विहिन भएको छ ।

बुधबार बिहान ६ः५५ बजे कार्गो सामान लिएर उडेको विमान सम्पर्क विहिन भएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले जानकारी दिएका छन् ।
विमानमा चालक दलका २ सदस्य मात्रै रहेको बताएका छन् ।

विमान ७ः५५ मा सिमकोट पुग्नुपर्ने भए पनि समाचार तयार गर्दा सम्म पनि सम्पर्कमा नआएको बताईको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार ‘विमानस्थल टावरबाट सम्पर्क टुटेको जानकारी मलाई पनि आएको छ, हामीले सूचना संकलन गरेर खोजी शुरु गरेका छौं ।

सम्भावित जिल्लामा टोली परिचालन गरेका छौं ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!