Mar 19, 2023

वडा नम्बर ४ को अतिक्रमित ५० रोपनी जग्गामा पार्क बनाउँदै महानगर

May 14 , 2018

काठमाडौं महानगरपालिकाले व्यक्ति र संस्थाले हडपेका जग्गा फिर्ता गरेर पार्क बनाउन थालेको छ।

दुई महिनाअघि वडा नम्बर ३ बाट सुरू भएको ‘सार्वजनिक जग्गा जनताको हितमा’ अभियान अहिले अरू वडामा पनि फैलिएको छ।

वडा नम्बर  ४ ले व्यक्ति र संस्थाले हडपेको ५० रोपनी जग्गा आफ्नो मातहत ल्याएको छ।

‘हामीले अहिलेसम्म करिब ५० रोपनी अतिक्रमित जग्गा सार्वजनिक गरेका छौं। जुन विभिन्न व्यक्तिहरुले आफ्ना नाममा भोगचलन गरिरहेका थिए,’ वडा अध्यक्ष मोहन बिष्टले सेतोपाटीसँग भने, ‘यो अभियान जारी रहनेछ।’

वडाले अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक जग्गा संरक्षण समितिसमेत गठन गरेको छ। समितिमा वडाका विभिन्न क्षेत्रमा लामो समयदेखि योगदान गरेका व्यक्ति सदस्य छन्।

‘०५४ देखि नै हडपेको जग्गा फिर्ता ल्याउने सोच थियो। महानगरले यो अभियान सञ्चालन गर्ने घोषणासँगै हामीलाई थप साहस मिलेको छ। अब सार्वजनिक जग्गामा कसैको गिद्धे दृष्टि पर्न सक्दैन,’ बिष्टले भने।

बनाउन थालेको छ।

व्यक्तिले हडेपेको जग्गा फिर्ता गर्न  सजिलो भने छैन। कतिपय जग्गा फिर्ता गराउन उनीहरू अदालतसम्म धाउनु परेको छ।

सुरूमा वडाले धोबिखोला करिडोरमा रहेको ३ रोपनी अतिक्रमित जग्गा पत्ता लगाएको थियो। त्यो जग्गा एकजनाले आफ्नो नाममा बनाएर कार वासिङ सेन्टर खोलेका थिए।

‘सार्वजनिक जग्गा मिचिएको भन्ने जानकारी पाएपछि  महानगरले भत्काउने प्रकृया सुरू गर्‍यो। तर भनेजस्तो सजिलो भएन। त्यसपछि मुद्दा हाल्यौं। मुद्दा उच्च अदालतसम्म पुग्यो। हामीले जित्यौं। जग्गा हाम्रो मातहत आयो,’ बिष्टले भने, ‘भूमाफियाको चंगुलबाट निकालेको जग्गामा अहिले हामी पार्क बनाइरहेका छौं।’

रारा उपभोक्ता समिति र वडाको संयुक्त आयोजनामा पार्क निर्माणको काम भइरहेको छ।

कपन मार्गको ६ रोपनी सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर किनबेचसमेत भएको वडाले फेला पारेको छ। सो जग्गालाई पनि वडाले आफ्नो मातहत ल्याएर संरक्षणको तयारी थालेको छ। त्यहाँ बनाइएको केही टहरा हटाउन सुरु भएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!