Sep 19, 2023

राष्ट्रिय वाणिज्य बैंकको परीक्षामा सबै अनुत्तिर्ण

May 10 , 2018

राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी बढुवाका लागि लोकसेवा आयोगले लिएको आन्तरिक परीक्षामा सबै अनुत्र्तिण भएका छन्।

पाँचौ तहको वरिष्ठ सहायक पदमा १११ कर्मचारी माग भएकोमा २६ जना मात्रै लिखित परीक्षामा सहभागी भएको आयोगले जनाएको छ।
लिखितमा २६ जना सहभागी हुँदा अन्तर्वार्ताका लागि छनौट भएका कर्मचारीको संख्या भने शून्य भनेर जनाइएको छ।

किन यस्तो भयो ?
आयोगका उपसचिव सूर्य सापकोटाले बैंकले पहिले नै ति पदमा आन्तरिक रुपमै बढुवा गरिसकेकाले अन्तवार्ताका लागि कसैलाई पनि छनौट नगरिएको जानकारी दिए।

‘आन्तरिक रुपमै बैंकले माघ/फागुनमै पदपूर्ति गरिसक्यो’ उनले भने ‘समान पदमा कर्मचारी नियुक्त गर्न नहुने भएकाले आयोगले अन्तवार्ता नै नलिएको हो।’

यसको अर्थ २६ जना फेल भएको भन्न नमिल्ने उनले बताए। ७ महिनाअघि बैंकले आन्तरिक बढुवाका लागि विज्ञापन गरेर आयोगमार्फत पदपूर्ति गर्ने जनाएको थियो। तर बैंकले आन्तरिक रुपमै पदपूर्ति गरेपछि अन्तवार्ता स्थगित गर्न भनेको हो।

जसअनुसार लोकसेवाले सूचना निकाल्दा अन्तवार्तामा छनौट हुनेको संख्या शून्य भनेर जनाइएको सापकोटाले स्पष्ट पारे।

Facebook Notice for EU! You need to login to view and post FB Comments!