Sep 28, 2023

श्रीनिवास गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न कमल थापाको माग

May 08 , 2018

२५ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्मगुरु श्रीनिवास गोलीकाण्डको स्वतन्त्र छानबिन गर्न माग गरेका छन् । उनले आफैंमाथि आक्रमण गराएको प्रहरी दाबी सत्य भए त्यो निन्दनीय र भत्र्सनायोग्य हुनेसमेत बताएका छन् ।

श्रीनिवासलाई गत चैत २५ गते गोली प्रहार भएसँगै घटनाको निन्दा एवं दोषीमाथि कारबाहीको माग गरेका थिए । तर प्रहरीले साेमबार श्रीनिवास अाफैंले गाेली हान्न लगाएकाे भन्दै उनलार्इ काठमाडाैंबाट पक्रेकाे थियाे । प्रहरी अनुसन्धानबाट नयाँ तथ्य खुलेसँगै थापाले यसमाथि स्वतन्त्र छानबिन गर्न सरकारसँग माग  गरेका हुन् ।

‘धर्मगुरु आचार्य श्रीनिवास स्वयंले आफूमाथि आक्रमण गराएको प्रहरीले जनाएको छ’, थापाले ट्वीट गर्दै भनेका छन्, ‘यदि प्रहरीको भनाइ सत्य हो भने श्रीनिवासको यो कार्य अत्यन्त निन्दनीय र भत्सर्नायोग्य छ ।’

Facebook Notice for EU! You need to login to view and post FB Comments!