‘सूचना प्रबिधी क्षेत्रमा सरकारले प्रभावकारी अनुगमन नगरे बिकृती बढ्नेछ’

‘सूचना–प्रबिधिको बिस्तारमा नीजि क्षेत्र निकै अगाडी बढिसकेको छ । तर, सरकारी स्तरबाट यसको राम्रो संग अनुगमन र नियमन नहुदा अस्वस्थ प्रतिस्पर्धा पनि बढिरहेको छ,’ मैतिदेबीस्थित अल्ट्रा वाइट इन्टरनेशनल प्रालिका प्रबन्ध निर्देशक अमर भट्टराई (२७) भन्छन्, ‘ढिलो हुदै गएको छ । सरकारले स्पष्ट खाँका बनाएर यसको मोनिटरिङ नगरे बिकृति बढ्दै जानेछ ।’
….
पछिल्लो समयमा प्रबिधितर्फ खासगरी युवा पुस्ताको रुझान बढेको छ । उसो त युवा जिज्ञासु हुन्छन् । नयाँ खोज र अनुसन्धानका क्षेत्रमा उनीहरुको तिब्र रुची हुन्छ । मनले सोचेको कामलाई पूर्णता दिएर मात्र बिश्राम लिने बानी हुन्छ । मुलुकको पूर्बी कुनो झापा, दमकका भट्टराइलाई पनि कलिलो उमेरमै प्रबिधिको भोक जाग्यो । ‘अबको बजार बिज्ञान र प्रबिधिकै हो भन्ने लाग्यो,’ उनी भन्छन्, ‘चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक बजार भएपनि यसमै काम गर्ने इच्छा जागेपछि कम्पनी खोलेर काम गर्न थाले ।’
….
बिज्ञान बिषय लिएर झापाबाटै दश जोड दुई उत्तीर्ण गरे, भट्टराइले । कान्तिपुर कलेज अफ म्यानेजमेन्ट एण्ड इन्फरमेसन टेक्नोलोजी (केसिएमआइटी) बाट स्नातक गरे । त्यसपछि उनको रुची बेग्लै बिषयमा देखियो । कन्फिक्ट पिस एण्ड डेभलप्मेन्ट इष्टटिजमा (सीपीडीएस) मा थप अध्ययन गरेर उनले आफ्नो फरक क्षमताको बिकास गरे ।
….
अध्ययन सक्काएपछि सन्, २०१४ मा उनले अल्ट्रा वाइट इन्टरनेशनल प्रालि स्थापना गरेका थिए । र त्यही कम्पनीले अहिले प्रबिधि बिस्तार तथा उपभोक्ताहरुलाई जानकारीमुलक कार्यक्रम दिने गरेको छ । पेजअटर डट कम र एजुकेसन डाइट डट कम मार्फत भट्टराईले नयाँ पुस्तालाई शिक्षा र प्रबिधि सम्बन्धी जानकारी दिइरहेका छन् । यी दुई साइट हेर्ने भ्यूअर्स बढेको बढ्यै छन् । ‘नयाँ पुस्तालाई प्रबिधि सिकाएर उनीहरुलाई परिवर्तनको बाटोमा डोयाउने उद्धेश्यले कम्पनीमार्फत जानकारी मुलक साइट निर्माण गरेका हौं,’ भट्टराई भन्छन्, ‘पेज अटरमा जसले जहाँबाट पनि आफ्ना मनमा लागेका कुराहरु लेख्न सक्छ । एजुकेसन साइटमा जुनसुकै बिधाका जानकारी पनि पढ्न पाउने ब्यवस्था मिलाएका छौं ।’ एजुकेसन डाइट डट कम मा अझै परिस्कृत सामाग्री थप गर्ने योजना बुन्दैछन, भट्टराई । ‘लोकसेवा तयारी र ब्रिज कोर्स पनि राख्दैछौ,’ भट्टराई भन्छन्, ‘नोट्स बनाउने देखि गाइड गर्ने सबै सामाग्री त्यसैमा हुनेछन ।’ वेभसाइट डिजाइनिङ र सफ्टवयर डेभलेप्मेन्टका काम त हुने नै भए । एसइओ फेसबुक मारकेटिङ, गुगल खोजी, एसएमओ, सोसल मिडिया मार्केटिङ र एसएमएस मारकेटिङका काममा कम्पनी जुटेकै छ ।
….
मुलुकले छोटो समयमै प्रबिधि बिस्तारमा ठुलो फड्को मारिसकेको छ । यो क्षेत्रमा नयाँ सोच र फरक बिचारका युवाहरुको प्रबेश बढेको छ । तर, प्रतिस्पर्धा बढेपनि गुणस्तरीयतामा ध्यान नदिदा उपभोक्तालाई भने न्याय हुदैन । त्यसैले अस्वस्थ प्रतिस्पर्धा हटाएर यसको ‘क्वालीटी मेन्टेन’ गर्नुपर्ने भट्टराई बताउछन । ‘वेभसाइट हरु चाहिन्छ भन्ने सबैलाई थाहाँ छ तर कस्तो चाहिन्छ । त्यो थाहाँ छैन्,’ उनी भन्छन्, ‘गुणस्तरीय काम गरेमा यही बाटोबाट बिदेशी मुद्रा भित्रयाउन सकिन्छ । त्यसका लागि सरकारले यी सबै कामको राम्रो मोनिटरिङ गरी समयानुकुल नीति नियम बनाउनु जरुरी छ ।