Mar 16, 2023

इजरायलका राजदूत ओमेरले प्रचण्डसँग भने- नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं

May 01 , 2018

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डसँग इजरायलका राजदूत बोनी ओमेरले भेट गरेका छन्।

मंगलबार बिहान खुमलटारमा भएको भेटमा अध्यक्ष प्रचण्डले कृषि क्षेत्रमा इजरायलले गरेको प्रगति नेपालको आर्थिक समृद्धिका लागि अनुकरणीय हुने बताए।

उनले भने, ‘नेपालको आर्थिक समृद्धि कृषिमा आधारित उद्योगको विकासबाट मात्र सम्भव छ र त्यसमा इजराजयको प्रविधि हाम्रा लागि धेरै महत्वपूर्ण हुन्छ ।’

उनले कृषिमा आधारित उद्योगका लागि आफूहरू इजरायलसँग प्राविधिक सहकार्य गर्न इच्छुक रहेको पनि बताए।

‘इजरायलको कृषि क्षेत्रको प्रगति हाम्रा लागि प्रेरणा स्रोत हुन्,’ उनले भने।

इजरायलका राजदूत ओमेरले आफूहरू नेपालको कृषि क्षेत्रको विकासमा सहयोग गर्न तयार भएको बताए।

उनले भने, ‘मौरीपालन, फलफूल र तरकारी खेती हाम्रा प्राथमिकतामा छन्। यो क्षेत्रमा हामी नेपाली किसानसँग सहकार्य गर्न इच्छुक छौं ।’ सिकौं र कमाऔं भन्ने नीति इजरायलकाे रहेको बताउँदै राजदूत ओमेरले नेपालमा व्यवसायिक तालिम केन्द्र

खोल्न अाफूहरू तत्पर रहेको धारणा राखे।