Sep 24, 2023

अलैँची कृषकलाई विद्युतीय भट्टी

May 01 , 2018

लमजुङका अलैँची कृषकले विद्युतीय अलैँची भट्टी पाएका छन्। अलैँची व्यवसायी महासंघको पहलमा अत्याधुनिक प्रविधिसहितको पाँचवटा विद्युतीय अलैँची भट्टी ल्याइएको हो।

नेपाल हब्र्स तथा हर्बल उत्पादन संघको ८० प्रतिशत अनुदानमा ल्याइएको सो भट्टी विद्युत् र सौर्य ऊर्जाबाट समेत प्रयोग गर्न सकिने अत्याधुनिक प्रविधिको रहेको छ। सम्भवत् विद्युतीय अलैँची भट्टी नेपालमै पहिलोपटक भित्रिएको जिल्लास्थित अलैँची व्यवसायी महासंघको दाबी छ।

साविकका अलैँची भट्टी भन्दा विद्युतीय भट्टीमा धुवाँरहित, समयको बचत, कम जनशक्ति र उत्कृष्ट प्रशोधन हुने महासंघका अध्यक्ष अजय तामाङले बताए।

“पहिला दाउरा खोज्ने झन्झट थियो धुवाँसँग खेल्नुपथ्र्यो” अध्यक्ष तामाङले भने “अब दाउरा खोज्ने झन्झट हरायो, दिउँसो सोलार र राति बिजुलीबाट अलैँची सुकाइन्छ।”

यसअघिका भट्टीमा पनि १८ घण्टा भन्दा बढी लाग्ने गरेकामा विद्युतीय भट्टीमा ६ देखि ८ घण्टामा अलैँची सुक्ने बताइएको छ। पुरानो भट्टीमा भन्दा दुई तिहाई जनशक्ति कम लाग्ने पनि महासंघले जनाएको छ।

अलैँची बाहेक अन्य जडीबुटी सुकाउन पनि प्रयोग गर्न सकिने एउटा भट्टीको मूल्य दुई लाख ७० हजार रहेको बताइएको छ । पहिलो चरणमा ल्याइएका भट्टी जिल्लाको मस्र्याङ्दी गाउँपालिका–७, लुदी र छिनखोला, दोर्दी–८ खिन्चोक, क्होलासोथार–६ घाम्राङ, दूधपोखरी–३ सानोकाभ्रे र बँेसीशहर–१० खाँचे गाउँमा वितरण गरिएको छ।

जिल्लामा अलैँची पकेट क्षेत्रलाई मिलाएर अलैँची जोन बनाइ प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सञ्चालन भएको छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!