Sep 19, 2023

शक्ति देखाउने भन्दै दुई झाँक्री कर्णालीमा हाम फाले

Apr 29 , 2018

१६ वैशाख, काठमाडौं । बाजुराको जगन्नाथ गाउँपालिका–१ मा धामीको शक्ति देखाउने भन्दै दुई जना कर्णाली नदीमा हाफ फालेका छन् ।

नदीमा हाफ फाल्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय, बाजुराले जनाएको छ ।

प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले  दिएको जानकारी अनुसार मृत्यु हुनेमा ६१ वर्षीय मानबहादुर सिंह विष्ट छन् । त्यस्तै, ५३ वर्षीय जयबहादुर विष्ट बेपत्ता छन् ।

उनका अनुसार बगरमा बसेर काम्दै काम्दै दुवै जना नदीमा हाफ फालेको स्थानीयले बताएका छन्।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!