Sep 28, 2023

विहावर महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण

Apr 29 , 2018

१६ वैशाख, काभ्रे । काभ्रेको पनौतीस्थित विहावर क्षेत्रमा शनिबारदेखि सुरु महोत्सवमा प्याराग्लाइडिङ मुख्य आकर्षण बनेको छ । यही वैशाख १७ गतेसम्म चल्ने महोत्सवको काभ्रे प्रतिनिधिसभा १ का सदस्य गंगाबहादुर दोङले प्याराग्लाइडिङ चालकलाई सम्मान गरेर शनिबार उदघाटन गरेका थिए ।

महोत्सवमा कुशादेवीको नयाँगाउँस्थित गुर्दुम डाँडाबाट कुशादेवी बजारसम्म प्याराग्लाइडिङ खेल्न पाउने गरी १५ वटा प्याराग्लाइडिङ व्यवस्थापन भएको महोत्सव आयोजना मूल समारोहका सचिव श्रीकृष्ण थापाले जानकारी दिए ।

महोत्सवमा कुशादेवी, रयालेका सबै टोल–टोलमा महोत्सवको एउटा–एउटा आकर्षण हुने गरी व्यवस्थापन गरिएको आयोजक कुशादेवी क्षेत्र सरोकार समाजले जनाएको छ ।

प्याराग्लाइडिङ मुख्य आकर्षण

विहावर महोत्सवको सुरुकै दिन ७ जना आन्तरिक पर्यटकले प्याराग्लाइडिङ गरेका छन् । १५ वटा प्याराग्लाइडिङको व्यवस्थापन गरेको आयोजकले आगामी दिनमा यसलाई व्यवसायिक रुपमा सञ्चालन गर्ने उद्देश्यका अगाडि बढेको बताएको छ ।

‘महोत्सवमा विभिन्न स्टलहरु रहे पनि अधिकांश पर्यटकहरुको आकर्षण भने, प्याराग्लाइडिङमा रहेको देखिएको छ,’ आयोजक कुशादेवी क्षेत्र सरोकार समाजका सचिव पुुरुषोतम अधिकारीले भने, ‘उदघाटनको दिन र मौसमले साथ नदिँदानदिँदै पनि दर्जन बढी उडान भएका छन्, यो राम्रो संकेत हो ।’

प्याराग्लाइडिङ व्यवसायीक रुपमा सञ्चालनको तयारी

कुशादेवी क्षेत्र सरोकार समाजका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले महोत्सवपछि यसको व्यवसायिक रुपमा उडान गर्ने तयारीका साथ अगाडि बढेको बताए ।

‘केही प्राविधिक समस्या छ तर यसको समस्या समाधानतर्फ लगेका छौं,’ पनौती नगरपालिकाका प्रमुख भिम न्यौपानेले बताए ।

उनले भने, ‘विहावर भेग राजधानीबाट धेरै नजिक छ, यहाँ पर्यटकीय सम्भावना पनि उत्तिकै रहेको, अब यो महाभारत लेक, फुलचोकी लेक र यसको काखमा रहेको विहावर पनौती भेगलाई विशेष संरक्षण अनि पर्यटकीय विकासमा लैजान हाम्रो कदम अगाडि बढ्ने छ ।’

विहावर भेगमा नै पहिलोपटक आयोजित महोत्सवमा भिमकाय हिंश्रक जनावर डाइनोसरलगायतको हस्तनिर्मित कला प्रदर्शनी, ट्राउट माछा, मह, दूधका विभिन्न परिकार, ढिँडो, गुन्द्रुक, मकैको पिठोको परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफूल र तिनका प्रकार पनि अवलोकन गर्न पाइन्छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!