स्नातक तह मात्रै पास गरेका तर माध्यिमक तह ९ तथा १० कक्षा पढाउँदै आएका शिक्षकले ११ र १२ मा पनि पढाउन पाउनुपर्ने माग गरेपछि आयोगले ११ र १२ पढाउन छुट्टै लाइसेन्स लिनुपर्ने नियम बनाएको हो।
प्लस टु खारेज गर्दै सरकारले ११ र १२ कक्षालाई पनि माध्यामिक तहमा ल्याइसकेको छ। गत वर्षदेखि नै ११ र १२ पढाउन अनिवार्य लाइसेन्स चाहिने व्यवस्था गरिएको थियो।
११ र १२ कक्षा पढाउने शिक्षकको संख्या देशभर गरी २० हजार हाराहारीमा छ। प्लस टु का लागि भन्दै जम्मा २ हजार स्थायी दरबन्दी कायम गरिएको थियो। छ/सात हजार हाराहारीमा राहत शिक्षकले अहिले पनि कार्यरत छन्।
११ र १२ पढाउने शिक्षकलाई दिएको अनुमति पत्रमा मावि तहकै अनुमति पत्र लेखिए पनि स्नातकोत्तर तह पास नगरेकोले ११ र १२ पढाउन नपाउने आयोगले जनाएको छ।
यस्तै, आयोगले चैत २३ मा स्थगित भएको शिक्षक स्थायी परीक्षा छिट्टै गर्ने तयारी गरिरहेको जनाएको छ। विद्यार्थी र शिक्षकको अनशनपछि आयोगले परीक्षा स्थगित गरेको थियो।