२२ केजी सुन तस्करीका मुख्य नाइके पक्राउ
Apr 25 , 2018
२२ केजी सुन तस्करीको मुख्य नाइके चिनीयाँ नागरिक जे झोङलाई प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनीयाँ नागरीक जे झोङलाई पक्राउ गरेको ब्यूरोका प्रमुख डिआइजी पुष्कर कार्कीले सेतोपाटीलाई जानकारी दिए।
यसअघि गत भदौमा प्रहरीले रसुवाहुँदै भारत तस्करी गर्न लागेको १५ केजी सुनसहित सात जनालाई पक्राउ गरेको थियो।
सिन्धुपाल्चोकका २६ वर्षीय पेम्बा दोर्जे शेर्पा, भक्तपुरका ३८ वर्षीय दीपेन्द्र थापा, काठमाडौका ३९ वर्सषीय सरोज थापा, काभ्रेका ३८ वर्षीय विष्णु गौतम, भक्तपुर निवासी ३४ वर्षीय राजेन्द्र खत्री, रविन खत्री र धनुषाका ३८ वर्षिय दीपककुमार शाह लाइ पक्राउ गरेका थिए।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!