Mar 17, 2023

प्रधानमन्त्रीले भने- पुनर्निर्माणका लागि कुटो र कोदालो बोक्न तयार छु

Apr 25 , 2018

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त धरहराको पुनर्निर्माणका लागि डोको र कोदालो बोक्न आफू पनि तयार रहेको बताएका छन् ।

भूकम्पको तेस्रो स्मृतिमा बुधबार बिहान धरहरा अगाडि आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफू श्रमदान गर्न तयार रहेको भन्दै अरुलाई पनि श्रमदानका लागि आह्वान गरेका छन्।

अघिल्लो पटक आफू प्रधानमन्त्री हुँदा घोषणा गरेको ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने नारालाई सफल बनाएरै छाड्ने भन्दै प्रधानमन्त्री ओलीले इँटा, डोको, कोदालो, खर्पन बोक्न आफू तयार रहेको बताए।

नेपाली परम्परा, इतिहास र चालचलनको ख्याल गरेर बलियो धरहरा पुनर्निर्माण गरिने दाबी गर्दै ओलीले अघिल्लो प्रधानमन्त्रीत्वकालमा धरहरा निर्माण अभियान आफूले शुरु गरे पनि त्यसपछिका सरकारले यसको पुनर्निर्माणमा बेवास्ता गरेको आरोप लगाए