Sep 27, 2023

पैसा नदिए एसिड हान्ने धम्की दिँदै ३ लाख लुटेर युवक फरार

Apr 25 , 2018

काठमाडौंको कालिमाटीमा एक युवकले ३ लाख रुपैयाँ लुटेर फरार भएका छन्।

मंगलबार बिहान कालिमाटी चोकमा रहेको क्रिष्टल इन्टरप्राइजेजमा रहेका दुई युवतीलाई पानीको बोलत देखाएर एसिड भन्दै ३ लाख रुपैयाँ लिएर  उनी फरार भएका हुन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले फरार युवकको खोजी भइरहेको बताए।

उनले प्राइजेजको काउण्टरमा रहेका कर्मचारीहरू रुबिना कोइराला र अप्सरा थापालाई पैसा नदिए एसिड हान्ने भन्दै धम्की दिएका थिए।

Facebook Notice for EU! You need to login to view and post FB Comments!