धोबीखोला करिडोरबाट लागू औषधसहित २ जना पक्राउ
Apr 25 , 2018

१२ वैशाख, काठमाडौं । प्रहरीले लागू औषधसहित २ जनालाई मंगलबार काठमाडौंको धोबीखोला करिडोरबाट पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको सरस्वतीनगर बस्ने २१ वर्षीय इभेन्ट प्रसाईं र सोही स्थानका प्रविन थापालाई लागू औषधसहित नियन्त्रणमा लिएको हो ।उनीहरुको साथबाट प्रहरीले नाइट्रोभेट २० पत्ता र ट्रमा ६० पत्ता बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई महानगरीय प्रहरी प्रभाग, कपनमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!