हामीले सबै कम्युनिष्ट मिल्दा पनि जितेको ४८ सालको चुनावमा मात्र हो। त्यसपछि त हामी हार्न थालिसकेका थियौँ। तर नेतृत्वले महामन्त्रीले यसो गर्यो बरिष्ठ नेताले यस्तो भन्यो भनेर रुन्चे कुरा गर्न पाइन्छ? भन्ने मेरो प्रश्न थियो,’ उनले भने, ‘चुनाव गराएको श्रेय पनि लिनुस र कांग्रेस हारेको जिम्मा पनि लिनुस भनेको थिएँ।’
राष्ट्रिय राजनीतिमा कांग्रेको भूमिका कमजोर भएको भन्दै उनले संघीयता लाई सफल बनाउने देखि सामाजिक रुपान्तरणमा कांग्रेसले अग्रणी भूमिका खेल्नुपर्ने उनले बताए। कांग्रेसको पुनर्जागरणका लागि महाधिवेशनको तयारी सुरु गरिहाल्नुपर्ने थापाको जोड थियो।
‘महासमिति बोलाएर विधान संसोधन गर्ने र महाधिवेशन पनि सुरु गरिहाल्नुपर्यो,’ उनले केन्द्रीय समितिमा भने, ‘तपाईको पुस्ताले अब विश्राम लिनुपर्छ, लिन पनि लगाउँछौँ। तर यो विधानसम्मत तरिकाले महाधिवेशनबाटै टुंगो लगाउने हो।’
उनले केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, चन्द्र भण्डारी लगायतसँग मिलेर बनाएको निर्वाचन समीक्षा र आगामी कार्यदिशा नामक ५१ पेज लामो प्रतिवेदन पनि पेश गरेका थिए।