Mar 23, 2023

मूलपानीस्थित क्रिकेट मैदान निर्माण तत्काल सुचारू गर्ने मन्त्रीको घोषणा

Apr 23 , 2018

सरकारले काठमाडौंको मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्य तत्काल सुचारू गर्ने घोषणा गरेको छ । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्य तत्काल सुचारू गराउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

बिहिबार काठमाडौंमा आयोजित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभालाई सम्बोधन गर्दै उनले मैदान निर्माणको कामलाई अघि बढाउन जग्गासम्बन्धि विवाद समाधान गर्न मन्त्रीपरिषदमै प्रस्ताव लैजान लागिएको पनि जानकारी दिए।

मन्त्रिपरिषदले जग्गासम्बन्धि विवाद समाधान गर्ने वित्तिकै मूलपानीस्थित क्रिकेट मैदान निर्माण कार्यले गति लिने मन्त्री विश्वकर्माको विश्वास छ।

मन्त्री विश्वकर्माले क्यानमा देखिएको विवाद चाँडै समाधान हुने विश्वास पनि व्यक्त गरे। उनले क्यान भित्र देखिएको विवाद समाधान गर्न आवश्यक पहल गरिदिन संचारकर्मीहरुसँग पनि आग्रह गरे।

मन्त्री विश्वकर्माले क्रिकेट विवाद समाधानका लागि सबै मिलेर अगाडि नबढे ठूलो दुर्घटना हुने बताए।

मन्त्री विश्वकर्माले एउटा बच्चामाथि दुई वटा आमाको दावीको उदाहरण दिँदै नेपाली क्रिकेट पनि त्यस्तै अवस्थाका कारण पछि परेको र यसको समाधानका लागि मन्त्रालयले खेल्ने उचित भूमिका निर्वाह गर्ने बताए ।

साथै उनले क्यानमा अहिलेसम्म बुझेका ब्यक्तिले क्रिकेट हाँकेको र यसको विकाशका लागि, खेलाडीका लागि जस्तो गर्दा राम्रो हुन्छ त्यो गर्न आवश्यक रहेको बताए। साथै उनले आवश्यकता र औचित्यका लागि जुन आवश्यकता छ त्यसमा मन्त्रालयले पनि साथ दिने विश्वास दिलाए ।