Oct 26, 2021

फेरि विमानस्थलबाट २ किलो सुन समातियो

Apr 23 , 2018

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

गएको शुक्रबार राति दुबईबाट नेपाल आउँदै गरेका एक भारतीय नागरिकको साथबाट प्रहरीले करिब २ किलो लिक्विट सुन बरामद गरेको विमानस्थल प्रहरीले जनाएको छ।

केमिकलको प्रयोग गरेर तरल बनाइएको सुनलाई ठूलो खालको कम्मरपेटी भित्र राखेर ल्याएको अवस्थामा फेला पारिएको हो।

केही समयअघि पनि २ किला ८ सय ग्राम सुन यसै गरी नेपाल भित्र्याउँदै गरेका बेला

बरामद भएको थियो।

उक्त सुन र शुक्रबार राति ल्याएको सुन एकै किसिमको भएकाले प्रहरी अनुसन्धान अघि बढाएको विमानस्थल प्रहरीले जनाएको छ।

तरल सुनलाई मेटल डिटेक्टर र वाकथु्र गेटले पनि रिड गर्न नसक्ने हुनाले सुन तस्करहरुले यस्तो उपायबाट तस्करी शुरु गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पक्राउ परेका भारतीय नागरिकको नाम भने प्रहरीले खुलाएको छैन।