Mar 23, 2023

दोस्रो पटक बाबु बन्दै शाहिद

Apr 23 , 2018

बलिउड अभिनेता शाहिद कपुरले आफू दोस्रो सन्तानको पिता बन्न लागेको बताएका छन्। ३ वर्ष अगाडी मिरा राजपुतसँग विवाह गरेका शाहिदको पहिलो सन्तानको रूपमा छोरी छिन्। छोरी मिषा हाल डेढ वर्षकी भइसकेकी छन्।

इन्स्टाग्राममा एक फोटो पोस्ट गर्दै शाहिदले आफू दोस्रो पटक बाबु बन्न लागेको पुष्टि गरेका हुन्। शाहिद कपुर हाल ‘बत्ति गुल मिटर चालु’ फिल्मको सुटिङमा व्यस्त रहेका छन्।