तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु
Apr 16 , 2018

३ बैशाख, बुटवल । रुपन्देहीको तिनाउ खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क-१ का १८ वर्षे सुशील श्रेष्ठखोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उनी सिद्धबाबा हेडबक्स नजिकै खोलामा पौडी खेल्न गएका थिए । श्रेष्ठको शव प्रहरीले खोलाबाट निकालेको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!