May 29, 2023

बार्सिलोनोको नयाँ कीर्तिमान

Apr 15 , 2018

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले अपराजित यात्राको नयाँ कीर्तिमान बनाएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा भ्यालेन्सियामाथि महत्वपूर्ण जित निकाल्दै नयाँ कीर्तिमान बनाएको हो ।

च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल रहे पनि बार्सिलोनाले ला लिगामा उच्च प्रदर्शनलाई जारी राखेको छ। बार्सिलोनाले शनिबारको जितसहित ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको हो।

भ्यालेन्सियालाई २–१ ले हराएसँगै बार्सिलोनाले नयाँ कीर्तिमान राखेको हो। यसअघि

१९७८/७९ र १९७९/८० को सिजनमा रियल सोसिडाड ३८ खेलको अपराजित कीर्तिमान राखेको थियो।

बार्सिलोना ला लिगामा यो सिजनका ३२ तथा गएको सिजनका पछिल्ला सात गरी लगातार ३९ खेलमा अपराजित छ ।

बार्सिलोनाले ला लिगामा लगातार ३९ खेलमा अपराजित रहँदै रियल सोसिडाडले ३८ वर्ष अघि बनाएको कीर्तिमान तोडेको छ । रियल सोसिडाडले सन् १९७८–७९ र १९७९–८० को सिजनमा गरी लगातार ३८ खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो ।

बार्सिलोनाका लागि लुइस स्वारेज र स्यामुएल उमटिटीले गोल गरे । घरेलु मैदानमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो।

पहिलो हाफ १-० ले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल थप्यो। खेलको ५१ औं मिनेटमा उम्टिटीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। तर, ८७ औं मिनेटमा पेनाल्टीमा गोल फर्काउँदै भ्यालेन्सियाले गोलअन्तरलाई २-१ बनायो। डानियल पारेजोले भ्यालेन्सियाका लागि पेनाल्टीमा गोल गरे।

जितपछि बार्सिलोनाको लिगका ६ खेल बाँकी हुँदा ८२ अंक भएको छ। ऊ दोस्रो स्थानको एथ्लेटिको मड्रिडभन्दा १४ अंकले अघि छ। एक खेल कम खेलेको एट्लेटिको म्याड्रिडको ६८, भ्यालेन्सियाको ६५ र रियल म्याड्रिडको ६४ अंक छ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!