May 29, 2023

दिल्लीको रोमाञ्चक जित, सन्दीपले फेरि मौका पाएनन्

Apr 15 , 2018

मुम्बई इन्डियन्सलाई हराउँदै दिल्ली डेयरडेभिल्सले आइपिएलमा पहिलो जित निकालेको छ।

लगातार दुई खेलमा पराजित दिल्लीका लागि जेसन रोइको उत्कृष्ट ब्याटिङमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो।

१ सय ९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरको अन्तिम बलमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। उसका लागि ५३ बलमा ९१ रन बनाए। ६ छक्का र ६ चौका प्रहार गरेका उनी अन्तिमसम्म नटआउट रहे। यस्तै रिशभ पन्तले २५ बलमा ४७

रन बनाएका थिए। कप्तान गौतम गम्भीर १५ रनमा आउट भएका थिए।

अन्तिम ओभरमा दिल्लीलाई ११ रन आवश्यक हुँदा रोइले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै दिल्लीलाई जित नजिक पुर्‍याए। तर, पछिल्लो ३ बलमा कुनै रन बनाउन नसक्दा दबाबमा रहेका उनले अन्तिम बलमा १ रन लिँदै महत्वपूर्ण जित दिलाए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। मुम्बईका लागि ओपनर सूर्यकुमार याधव र एभिन लेविसले १ सय २ रनको साझेदारी गरेका थिए। याधवले ५३ तथा लेविसले ४८ रनको योगदान दिए। त्यस्तै इशान किसनले ४४ रन बनाए।

दिल्लीका ट्रेन्ट बोल्ट, ड्यानियल क्रिस्टियन र राहुल टेवाटियाले समान २ विकेट लिए।

शनिबार पनि नेपाली यूवा स्पिनर सन्दीप लामिछानलेले टोलीको प्लेइङ ११ मा अवसर पाएनन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!