विज्ञ देवकोटाले सबै राजनीतिक पार्टीको घोषणा पत्रले पनि बजेटको व्यवस्था गर्दा मुलुकको दिगो विकास र समृद्धिलाई नै जोड दिन बाध्य बताउने पनि स्पष्ट पारे।
आगामी जेठ १५ गते सरकारले बजेट ल्याउने संवैधानिक व्यवस्था छ। विज्ञ देवकोटाले मुलुकको समृद्धि, दिगो शान्ति र विकासमा नै बजेट केन्द्रीत भएर बजेट आउने विश्वास पनि व्यक्त गरे।
मुलुकको दिगो शान्ति, समृद्धि र सुशासनका लागि सरकार, निजी क्षेत्र र सहकारी क्षेत्रको बलियो सहकार्य हुनुपर्नेमा पनि विज्ञहरूको जोड छ।