Sep 26, 2023

सलमान खान जेठ १२ गते नेपाल आउने

Apr 09 , 2018

२६ चैत, काठमाडौं । अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ ।

कालो हरिण शिकार अभियोगमा जेल गएका सलमान धरौटीमा रिहा भएलगत्तै नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख छ । पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको दबङ टुर नामक सो आयोजना गर्ने भनिएको थियो । तर अन्तिम समयमा विप्लव समूहको धम्कीलाई देखाउँदै स्थगित गरिएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!