Mar 17, 2023

पारस खड्काको टिम विराटनगर लिग चरणबाटै बाहिरियो

Apr 09 , 2018

पारस खड्का कप्तानीमा रहेको विराटनगर किङस लिग चरणबाटै बाहिरीएको छ।

धनगढी प्रिमियर लिगमा बलियो टिम मानिएको विराटनगरलाई हराउँदै दीपेन्द्र सिंह ऐरी नेतृत्वको सिवाईसी अत्तरीया प्लेअफमा पुगेको छ।

लिगको अन्तिम खेलमा आइतबार विराटनगर अत्तरीयासँग ६ विकेटले पराजित हुँदै समूहचरणबाटै बाहिरिएको छ।

वर्षाका कारण मैदानमा पानी जमेपछि २० ओभरबाट ६ ओभरमा घटाइएको खेलमा विराटनगरले ३ विकेट गुमाउँदै ५५ रन बनायो। विराटनगरका लागि बाबर हायातले ७

तथा अनिल शाह १५ रन बनाए भने कप्तान पारस खड्का मात्र ९ रनमा आउट भए।

विराटनगरका लागि दिलिप नाथले अविजीत १५ रन जोडे।

 

५६ रनको लक्ष्य पक्ष्याएको अत्तरीयाका लागि दिपेन्द्र सिंह ऐरी र विपिन चन्द्रले ५१ रनको साझेदारी गर्दै टिमलाई जिताएका हुन्। दिपेन्द्रले २० तथा विपिनले २६ रनको योगदान दिए। अत्तरीयाका कुशल भुर्तेलले चार रन जोडेका थिए।

बलिङ तर्फ रामनरेश गिरी र पारस खड्काले दुई दुई विकेट लिए पनि त्यो जितका लागि पर्याप्त रहेन।

अब फाइनल प्रवेशका लागि काठमाडौ गोल्डेन्स र टिम चौराहा बिच प्रतिस्पर्धा हुनेछ। सो खेलमा हार्ने टिमले फेरि अर्को क्वालिफायर खेल्न पाउनेछ।

 

महेन्द्रनगर युनाईटेड र अत्तरीयाबीचको विजेतासँग क्वालिफायरमा हार्नेले  खेल्नेछ।

प्लेअफमा महेन्द्रनगर र अत्तरीया भिड्नछन्। प्रतियोगिताबाट रूपन्देही च्यालेन्जर्स र विराटनगर किङ्स बाहिरिएका छन्।

शुक्रबार हुने फाइनलको विजेताले २५ लाख र उपविजेताले १० लाख रूपैया पाउनेछन्।

Facebook Notice for EU! You need to login to view and post FB Comments!